काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) दोस्रो पटक सिसडोल पुगेका छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर साह र उपमेयर सुनिता डंगोल आज बिहान सिसडोल पुगेका हुन् ।

फोहोर व्यवस्थापनको विषयमा स्थानीयसँग छलफल गर्न साह र डंगोल सिसडोल पुगका हुन् । स्थानीयसँगको छलफलमा मेयर साहले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् । फोहोरबाट इन्धन निकाल्नका लागि करिब तीन–चार महिना लाग्ने उनको भनाइ छ । साहले कुहिने फोहोरबाट मन बनाउने गरी योजना बनाएको पनि बताएका छन् ।

कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने मेयर साहको भनाइ छ । मेयर साहले स्थानयलाई तीन महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर साहले बिहीबार साँझ सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए ।

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले कुनै उत्सव नमानाउने मेयर साहले घोषणा गरेका छन् । पालिका खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय