दार्चुला :   बुधवार व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइन तर्ने बेला महाकाली नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीमा सशस्त्र प्रहरी परिचालन भएको छ । जिल्लाका ५ स्थानबाट सशस्त्र प्रहरीको डिजास्टर म्यानेजमेन्ट टे«निङ प्राप्त टोलि बेपत्ता सचिनको खोजी कार्यमा लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुम्लिङ बीओपीबाट घटनास्थलमा ९ जना, नम्बर ४४ गणबाट २० जना, दत्तु बीओपीबाट ७ जना, जौलजिवी र लाली बीओपीबाट ७ जना सशस्त्र प्रहरीको टोली आज बिहानैबाट खोजी गरिरहेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले खोजी तीव्र पार्दा अहिलेसम्म फेला पार्न नसकिएको बताउनुभयो । बुढाथोकी बुधवार भारत गर्वाधारबाट भारी समान लिएर नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसी बेपत्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय