गोकुलेश्वर । आज शैल्यशिखर मालिकार्जुनको शिखर धुरामा पुजन जात्रा । पुजन जात्रामा सहभागी हुन भक्तजनहरु सोमबारदेखि नै शिखरतर्फ लागेका थिए । हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर शैल्यशिखर धामको दर्शन गर्न अहिलेसम्म लगभग पाँच सयको हाराहारीमा भक्तजनहरु मालिकार्जुन पुगेको स्थानिय बिक्रम सिंह धामीले जानकारी दिए ।
“असल कर्म नै धर्म हो, धर्म नै मानवता हो, मानवता नै सेवा हो” भन्ने मुल नाराका साथ धामी (क्षेत्री) उत्थान बिकास समाज नेपालको आयोजना तथा मालिकार्जुन गाउँपालिका र स्थानियहरुको आर्थिक सहयोगमा मालिकार्जुन मन्दिरको मुलगेटमै निशुल्क फलफुल बितरण गरिदैछ । यस्तै पुजन जात्रामा भक्तजनहरुको शारिरीक अस्वस्थता भएमा चेकजाँचमा सहजताका होस् भन्ने हेतुले मालिकार्जुन स्वास्थ्य चौकीले हेल्थ डेस्कको स्थापना गर्नुभएको छ ।
पुजन जात्रामा सुदूरपहाड र भारतको उत्तराखण्डबाट समेत भक्तजनहरु दर्शनका लागि पुग्ने पुगेका छन् । शैल्यशिखर मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ ।
पुजन जात्रा भब्यताका साथ समापन हुने छ ।
