दार्चुला । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले खलंगा बजारमा रहेका मासु, डेरी र पशु औषधी पसलको अनुगमन गरेको छ । मंगलवार विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्काको नेतृत्वमा खलंगा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा खान अयोग्य २७ किलोग्राम कुखुराको मासु बरामद गरी नष्ट गरिएको छ ।

अनुगमन टोलीले सदरमुकाममा रहेको दिनेश मासु पसल एण्ड फ्रेस हाउसबाट २२ किलोग्राम कुखुराको मासु बरामद गरेको थियो भने जिल्ला प्रहरी कार्यालय अगाडी रहेको मासु पसलबाट ५ किलोग्राम मासु बरामद गरी नष्ट गरेको अनुगमनमा रहेका पत्रकार प्रेमराज जोशीले बताए ।

नियम विपरित काम गर्ने व्यवसायी जो कोहीलाई पनि कारबाही हुने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खडकाले बताए । अनुगमन टोलीले खान अयोग्य कुखुराको मासु बिक्री वितरणका लागि राख्ने पसलहरूलाई एक हप्ताभित्र जरिवाना रकम कार्यालयमा बुझाउन निर्देशन दिइएको छ ।

सदरमुकाम तथा बंगाबगर क्षेत्रका २३ वटा पसलहरूमा अनुगमन गरिएको हो । अनुगमन गरिएका पसलहरुमा ८ वटा मासु, ४ वटा डेरी, १ वटा एग्रोभेट पसल रहेका छन् । मापदण्ड विपरित संचालनमा रहेका सानु मासु पसल र ठगुन्ना मासु पसललाई समान ५–५ हजार रुपैया जरिवाना गर्रिको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख राम बहादुर खडकाले जानकारी दिए ।

यस्तै हरिस मासु पसललाई ५ हजार तथा जोशी एग्रोभेटलाई २ हजार जरिवाना गरिएको छ । अनुगमनबाट ३७ हजार रुपैया राजस्व संकलन भएको बताइएको छ । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साँउद, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय