दार्चुला : जिल्ला सदरमुकाम खलंगास्थित  महाकाली नगरपालिकामा कार्यरत करार कर्मचारीहरुलाई हाजिरी लगाउनमा रोक लगाइएको छ । चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो दिन नै उनीहरुलाई हाजिरी लगाउनमा रोक लगाइएको हो । जिल्लाका अन्य स्थानीय तहहरुले कार्यपालिकाको बैठकबाट निर्णय गरी गत आर्थिक वर्ष २०७८÷०७९ मा करार सेवामा भर्ना गरिएका कर्मचारीहरुको करार सम्झौता थप नगर्ने निर्णय गरेर जानकारी गराएको भएपनि महाकाली नगरपालिकाले कुनै जानकारी नै नगराई हाजिरीमा रोक लगाएको छ । गत असार २६ गते बसेको कार्यपालिका बैठकले निर्णय गरी पारित गरेको करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ मा कार्यपालिकाले निर्णय गरि आवश्यकतानुसार  कर्मचारी पदपूर्ति गरिने उल्लेख छ । भोलि (साउन २ गते) बस्ने नगरकार्यपालिकाको बैठकबाट थप निर्णय गरि कार्यविधि अनुसार करारका कर्मचारीहरुको सम्झौता थप गर्ने वा नगर्ने भन्ने विषयमा बैठकले टुङ्गो लगाउने महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए । महाकाली नगरपालिकाभरी ४७ जनाको दरबन्दी रहेकोमा हाल २ सय ५१ कर्मचारी कार्यरत छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाका अनुसार १ सय ५१ जना शिक्षा, स्वास्थ्यका क्षेत्रमा करारमा भर्ना गरिएको छ भने बाकी १ सय जनालाई नयाँ दरबन्दी सृजना गरि राखिएको छ । नयाँ कार्यविधि बमोजिम अवधि तोकी ईन्जिनियरीङ सेवा सँग सम्बन्धीत, कृषि, पशु, वन, स्वास्थ्य र अन्य विविध सेवा सँग सम्बन्धित आवश्यक कर्मचारी र श्रेणी विहीन कर्मचारी करारमा राख्न सकिने व्यवस्था गरिएको छ ।dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय