दार्चुला । जिल्लाको मार्मा गाउँपालिकामा गत बर्ष देखि लुगा धुने साबुन उत्पादन भइरहेको छ । झण्डै एक करोड भन्दा बढी लगानीमा स्थानीयस्तरमै रहेको चिउरीलाई प्रशोधन गरेर लुगा धुने  साबुन उत्पादन भइरहेको शिवालिङ्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश सिह डडालले जानकारी दिए ।  उत्पादन गरिएका साबुन अहिले अपि हिमाल गाउँपालिकाको स्थानीय बजारमा विक्री वितरण भइरहेको छ ।

गत वर्षबाट मार्मा गाउँपालिका तथा ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक एवम शिवालिङ्ग बचत तथा ऋण सहकारीमार्फत साबुन उत्पादन सुरु गरेर अहिले उत्पादित साबुनहरु विक्री विरतण भइरहेको बताइएको छ । मार्मा साबुन नाम दिइएको लुगा धुने साबुन विक्री विरतण भइरहेको छ ।

गत वर्षको फागुन बाट संञ्चालनमा आएको साबुन उत्पादन हाल सम्म ७ सय पेटि साबुन उत्पादन भइसकेका छन।  गत वर्षमात्रै साबुन विक्रीबाट ३ लाख रुपैँया आम्दानी भएको छ । चालु आर्थिक वर्षको हाल सम्म ७ लाख रुपैँया आम्दानी गरिएको अध्यक्ष डडालले जानकारी दिए । गत वर्ष उत्पादन गरिएको साबुनको कार्टुनलाई १ हजार ८० रुपैँयामा बिक्री  वितरण गरेको भएपनि अहिले साबुन उत्पादन गरिने कच्चा पदार्थको मुल्य बढेपछि प्रती कार्टुन १४ सय रुपैँयामा विक्री विरतण भइरहेको छ ।

उत्पादित साबुनलाई मार्मा, शैल्यशिखरको गोकुलेश्वर, बैतडी, डडेल्धुरा र धनगढीसम्म पठाउने तयारी गरिएको बताइएको छ । साबुन उत्पादनमा ३ जनाले रोजगारी समेत पाएका छन । स्थानीयस्तरमै रहेको चिउरीलाई प्रशोधन गरेर हर्बल साबुन समेत उत्पादन गरिएको छ । हर्बल साबुन उत्पादनका लागि थप कच्चा पदार्थ काठमाण्डौ र भैरहवाबाट माग गरिएकोे शिवालिङ्ग बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय