काठमाडौं साउन २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षीय बैठकमा संस्थापनइतरको वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षसँग सहमति गर्दै आउँदा पार्टीमा झनै क्षति हुँदै गएको निष्कर्ष निकालेको छ । सभापतिमा देउवा निर्वाचित भएसँगै सहमतिमा पार्टी सञ्चालन गर्ने कार्यलाई पौडेलपक्षले कमजोरी ठान्ने गरेको विषय बैठकमा उठेको थियो। देउवाको निजीनिवास बूढानीलकण्ठमा बसेको बैठकमा महाधिवेशन हुन नसके त्यसको अपजस पौडेलपक्षले लिनुपर्ने तर्क उठेको थियो । क्रियाशील सदस्यता छानबिन समितिलाई स्वतन्त्ररूपमा काम गर्न पौडेलपक्षले रोकेको बैठकमा सहभागी एक शीर्ष नेताले बताए। ’पार्टीमा सहमतिको नाममा सबै बिग्रियो,’ बैठकमा सहभागी एक नेताले भने, ’पौडेलपक्षमा ’औँलो दिँदा डुँडुलो निल्ने’ प्रवृत्ति देखियो । क्रियाशील सदस्यता छानबिन समितिलाई सहमतिमा मात्रै निर्णय गर्ने अधिकार दिइएको थियो । बन्धनमा नराखेको भए क्रियाशील सदस्यताको छानबिन गरेर उचित प्रतिवेदन आउने देउवापक्षको बुझाइ छ । सहमतिको नाममा भ्रातृ संस्था कमजोर भएको बैठकमा नेताहरुले धारणा राखेका थिए । सहमतिको नाममा पार्टी कमजोर भएको औँल्याउँदै उनले भने, ’नेविसंघ खत्तम भयो । तरुण दल खत्तम भयो । अनुशासन समितिले कामै गर्न पाएन । बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरिने विषयबारे पनि कुरा भएको उनले बताए । बैठकमा देउवापक्षीय शीर्ष तहका अधिकांश नेता सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय