
नयाँदिल्ली । भारतको दिल्ली सरकारले शुक्रबार कोभिड–१९ सँग सम्बन्धित सबै नियन्त्रणका लागि अपनाइएका प्रायःप्रतिबन्धहरूको अन्त्य गर्ने घोषणा गरेको छ ।
कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले उक्त निर्णय लिएको हो ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उक्त निर्णयबारे सामाजिक सञ्जालमार्फत् कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायमलगायतका प्रायः सबै प्रतिबन्धलाई हटाइएको बताएका छन् ।
मास्क नलगाएकोमा जरिवाना गर्ने निर्णयलाई पनि बिस्तारै हटाउने तयारी गरेको बताइएको छ । मुख्यमन्त्री केजरीवालले भने, “डीडीएमएले मास्क नलगाउँनेलाई गरिने जरिवानालाई पनि घटाएर ५०० रुपैयाँ मा सिमित गरेको छ ।”
दिल्लीमा रातिको निषेधाज्ञा सोमबारबाट अन्त्य हुने बताइएको छ । राती घर जाने समय बितेपछि पसल, रेस्टुराँ र व्यापारिक प्रतिष्ठानहरू राती अबेरसम्म खुला रहन सक्नेछन् ।
बिहीबार दिल्लीमा ५५६ जना नयाँ कोभिड–१९ सङ्क्रमित भेटिएको रत्यससँग सम्बन्धित छ जनाको मृत्यु भएको थियो । संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक तथ्याङ्कमा देशभर पछिल्लो २४ घण्टामा १३ हजार १६६ नयाँ सङ्क्रमित भेटिएको र ३०२ सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।
साभार news 24