काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुधार्न नसकेको बताएका छन्। नेपाल मुस्लिम इत्तेहाद संगठनको छैठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीलाई पखालेर बागमती नै मैलिएको उनले टिप्पणी गरे।
युवाहरूले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको समेत उनले बताए। उनले भने, ‘ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो। मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो। डल्लाका डल्ला साबुन खर्च भयो। धुँदाधुँदा। हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दा(पखाल्दा, साबुन लाउँदा लाउँदा। मैले अरूलाई भनेको होइन यो प्रचण्डलाई भनेको है। युवाहरूले त देश बनाउनका लागि, देशमा जनवाद ल्याउनका लागि राम्रा सुखका दिन ल्याउनका लागि जनवादी शासन समादवादी शासन आउँछ भन्नका लागि ती देखाएका सपना।
युवाहरूको गल्ती के भयो भने प्रचण्डजस्तालाई पत्याए। अलि अलि त मैले त पत्याएँ। सपार्न सकिन्छ किजस्तो आँट आयो क्या मलाई। सकिन्छ होला भनेर मैले पनि कोशिस गरिहेरेँ। अन्तिममा त जहाँको तहीँ। अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरूले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताए। मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्ने उनले बताए। सेतोपाटी
