दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकामा संञ्चालन भएको चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनबिकास माध्यामिक बिद्यालय बारबाजले कब्जा गरेको छ । शुक्रबार सम्पन्न भएको चौथो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ पदक प्राप्त गर्दै प्रतियोगिताको उपाधि बारबाजले कब्जा गरेको हो ।
उक्त विद्यालयले १७ स्वर्ण, ७ रजत र २ कास्य प्राप्त गदैँ प्रतियोगिताको उपाधि आफनो पक्षमा पारेको गाउँपालिका शिक्षा खेलकुद शाखा संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिए।

यस्तै प्रतियोगितामा गौरीलमाण्डौ माबी हिकिलाले ५ स्वर्ण पदक प्राप्त गदैँ द्धितिय भएको छ । ४ स्वर्ण पदक प्राप्तगदैँ धारीपाटा माबी धारीले तृतिय स्थानमा चित्त बुझाएको छ ।

दुहुँ गाउँपालिकामा पुस २४ गते देखि पालिका स्तरिय चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भएको थियो ।
दुहुँ गाउँपालिका वडा नम्बरको ३ का वडा अध्यक्ष एवम पालिका प्रबक्ता देव बहादुर बमको अध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिह बडाल रहनु भएको थियो ।

पालिकाभरीका जम्मा ५ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ती बम, वडा नम्बर १ का वडा अध्यक्ष जीत बहादुर बम, वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण सिह लोथ्याल, कार्यपालिका सदस्य लगायत जननिर्वाचित जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय