पोखरा — सहकारीको बचत अपचलन गर्ने रास्वापाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारीपीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् । पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको गेट अघि नै प्रदर्शन गरेका हुन् । लामिछानेका व्यावसायिक साझेदार छविलाल जोशीलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ। त्यही समयमा सहकारी पीडितहरूले प्रशासन अगाडि प्रदर्शन गरेका हुन् । सहकारीपीडितले जनतालाई ठग्न पाइँदैन भन्दै नाराबाजी गरेका छन् ।सहकारीको पीडितहरूले लामिछानेले पनि बचत अपचलन गरेको भन्दै गत माघमा जाहेरी दिएका थिए । पोखराकै सहिद चोकमा भने रास्वापाका कार्यकर्ताहरूले सभापति लामिछानेलाई फसाउन पाइँदैन भन्दै प्रदर्शन गरेका छन् । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय