हामीलाई राजनीति फोहोरी खेल हो राजनीति गर्नु हुदैन भन्ने थाहा हुदा हुदै पनि हामी राजनीतिमा आयौ किनकि राजनिति फोहोरी खेल हो तर पनि यसका बाबजुद यसलाई सफा गर्नको लागि त्यहाँ नछिरिकन सफा गर्न सकिदैन। हामी यस भित्र छिर्यौ र सफा गरेरै छाड्छौ। हामी चोकमा कराएर राजनिती भित्रको फोहोर सफा नहुने रहेछ नत भ्रष्टचारको अन्त्य नै आखिर शुसासन कायम गर्ने एक मात्र निकाय रहेछ ब्यवस्था यहि भ्रष्टचारी ब्यवस्था चिर्नको र आखिर गाउँ ठाउँ समाज परिबर्तन गर्नको लागि राजनिति नै चाहिदो रहेछ। यसका लागि।नै हामी राजनितीमा छिरेका हौ। यहा सबैले बिदेशी बाद बोकेर हाम्रो राष्ट्रियता लाई माटोमा मिलाउन खोज्दै छन् । अब यसलाई चिर्नको लागि हामीेले राष्ट्रियता जोगाउनका लागि यहि देशमा जन्मेका गौतम बुद्ध बाद र पृथ्वीनारायण शाहको बाद लाई लिएर अगाडि बढ्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी र हाम्रो नेपाल हामी नेपाली अभियान बिच एकिकरण गरेर अगाडि बढेका छौ। हिजो अभियानमा रहदा राहत बितरण गर्यौ अप्ठ्यारोमा परेकालाई सहयोग गर्यौ कुनै समाजका लगि मात्र काम गर्यौ तर आज देखि सिंगो राष्ट्र का लागि काम गर्ने अभियानमा लागेका छौ ।कोहि साथी हरु पनि बिचल्लीत नभइकन यो अभियान राष्ट्रिय प्रजातन्त्र पार्टिमा जोडिन हुन अनुरोध छ। हाम्रो नेपाल हामी नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएर विलन भयो भनेर कसैले नसोच्नु होला। हामी पहिलेको भन्दा पनि अझ शसक्त ढंङ्गले अगाडि बढ्ने छौ हामी न भ्रष्टाचार गर्ने छौ न गर्न दिनेछौ । साथी हरू कांग्रेसको विकल्प एमाले हैन एमालेको बिकल्प माओबादी हैन यिनि हरु हेर्दा मात्र फरक हुन् तर बैचारिक र सैद्धान्तिक रुपमा एउटै हुन् यसको बिकल्प एक मात्र पार्टी त्यो राष्ट्रिय प्रजान्तत्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा पार्टी मात्र नभएर आफ्नो धर्म सँस्कृति भेष भुषा जोगाउने अभियान पनि हो त्यसैले हामी राष्ट्र भक्त युवा हरुले देशको राष्ट्रियता जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिन आवश्यक ठान्यौ र जोडियौ पनि । हामीले प्रतेक नागरिकका आधारभुत आवश्यकता पुरा गर्ने छौ । सानै उमेर देखि बिद्यार्थी जिवन कालमा पनि समाज सेवा गर्नु पर्छ केहि गरेर देखाउनु पर्छ जन्मे पछि आखिर एक दिन मर्नु पर्छ तर बाचुन्जेल केहि गर्नु पर्छ भन्ने भावना बोक्दै आएका हाल हाम्रो नेपाल हामी नेपाली अभियानका केन्द्रीय सदस्य एवंम दार्चुला जिल्ला संयोजक रहेको समाजिक अभियानता कर्म शिल इमानदार सहयोगी यो देश गाउँ ठाउँ समाज परिवर्तन गर्नु पर्छ भन्ने निशुल्क शिक्षा निशुल्क स्वास्थ्य र यहि देशमा रोजगारि सृजना भ्रष्टाचारको अन्त्य गर्न सक्नु पर्छ नागरिका आधारभुत आवश्यकता पुरा गर्नु पर्छ भन्ने हेतुले आउन लागेको निर्वाचन मा प्रदेस स्तरिय स्तरको चुनावमा आफ्नो पनि उम्मेदवारी रहेको छ । साथै देशको मुहार युवा शक्तिले मात्र फेर्न सक्छन् । हामी जन्मिनु भन्दा पहिले देशको नेतृत्व गर्दै आएका बुढा बाजे उमेरका नेता हरु आराम गर्ने उमेरमा देश चलउदा हामी सबैले दुख पाएका छौ यिनि हरुले राजनिती नागरिकका आधारतभुत आवश्यकता भन्दा धेरै पर पुगेको महशुस भइरहेका बेला युवा शक्तिले केहि गर्नु पर्छ भन्ने हेतुले आफुले उमेदवार दर्ता गर्न लागेको हुँ । हामीले राजनीति गर्नु पर्छ तर बिचारको राजनीति जव सम्म हुदैन तब सम्म आमुल परिबर्तन पनि हुदैन आज सम्म सबै राजनिती ब्यक्ति बादी भए धनबादी भए त्यसैले अब बिचारको लडाई लड्नु जरुरी छ सम्पूर्ण युवा साथी हरु एकजुट हुन जरुरी छ राजनिती बिचार को खेल हो समाज सुधारक र बिकास गर्ने सुत्र हो तर ब्यक्तीगत रिसिबि इर्ष्या कुन्ठा र बैर भाव ले राजनीती कहिल्यै पुरा हुन सक्दैन बरु यसले समाज लाइ बिकृति विसङ्गति गलत बाटो तिर धकेल्छ राजनीतीले जनताको मन जित्नु पर्छ नकि रिस राग डर धम्की ले जनता को हित मा काम गरे मात्र जनताको मत जित्न सकिनेछ । जनतालाई गुन लगाएर मात्र आफ्नो बनाउन सकिन्छ नकि बल देखाएर घमण्ड दादागिरी र गुण्डा गर्दी गरेर जनमत को कदर गरिन्छ निडर भएर मत दान गरौ आफ्नो अमुल्य मत लाइ ब्यापार नगरौ दुइ चार हजार ले हाम्रो पुर्ति हुने होइन । बिकास गर्ने मान्छे रोज्न जरुरी छ । मेरो उमेदवारी के का लागी ?
आज राजनीती र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न एउटा पूरै सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ । जसले आउँदै गरेको युवालाई राजनीतीमा संलग्न हुन अभिप्रेरित गरोस् भन्ने म्यासेज दिनको लागी मैले उमेदवारी घोषणा गरेको हु ।
लेखक नरेन्द्र सिह धामी राप्रपा दार्चुला प्रवक्ता
