धनगढी- अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसको १५औँ क्याम्पस सम्मेलनबाट पुष्प राज रानाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

आज क्याम्पसको सभा हलमा आयोजित सम्मेलनले सर्वसम्मत निर्णय गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। कार्यक्रमको सभाध्यक्षता अनेरास्ववियु निवर्तमान अध्यक्ष पूर्णराज जैसीले गरेका थिए । प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश संयोजक रोहित बोगटीको विशेष उपस्थिति रहेको सम्मेलनमा विभिन्न तहका नेताहरू, विद्यार्थी प्रतिनिधिहरू तथा क्याम्पसका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनबाट अध्यक्षमा पुष्प राज राना चयन हुनु भएको छ। त्यस्तै, उपाध्यक्षमा दीपक चौधरी, हृदया कुमारी रावल र ध्रुव जोशी चयन भएका छन्। सचिवमा दशरथ भट्ट, कोषाध्यक्षमा रस्ना खड्का, सहसचिवमा प्रकाश कार्की, सुन्दर धामी, जमुना बोहरा तथा कार्यालय सचिवमा ध्रुव विक र विनोद राना चयन गरिएको हो।
कुल ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हृदया कुमारी रावलले जानकारी दिएकी छन्। नव–निर्वाचित उपाध्यक्ष समेत रहेकी रावलका अनुसार यो समिति क्याम्पसको शैक्षिक, प्रशासनिक र भौतिक सुधारमा विशेष सक्रिय हुने प्रतिबद्धतासहित अगाडि बढ्नेछ।

कार्यक्रममा विश्वविद्यालय राष्ट्रिय कमिटीका सह–इन्चार्ज प्रदीप खड्का, सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक गणेशनाथ योगी, प्रदेश सहसंयोजक यमराज जोशी, जिल्ला अध्यक्ष कुबेर खड्का लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

क्याम्पसमा भएका विगतका गतिविधिहरूको मूल्याङ्कन गर्दै भावी योजनाहरू निर्माण गर्न आयोजित यस सम्मेलनले विद्यार्थी हित, शैक्षिक गुणस्तर, पूर्वाधार विकास तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्वले कार्यभार सम्हाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय